Flash News ::
पाकिस्तानको दाबी : भारतको ५ फाइटर जेट खसालेको
Posted By -Rakesh Kumar Raut
- २४ बैशाख २०८२,बुधबार Updated
- / 267 Read
काठमाडौं वैशाख २४ । ‘अहिलेसम्म, म तपाईंलाई पुष्टि गर्न सक्छु कि पाँच भारतीय विमान – जसमा तीन राफेल, एक एसयू-३० र एक मिग-२९ र एक हेरोन ड्रोन पनि खसालिएको छ,’ पाकिस्तानको सैन्य प्रवक्ताले अहमद शरीफ चौधरीले रोयटर्सद्वारा सार्वजनिक भिडियोमा भनेका छन् ।
यद्यपि भारतको प्रेस सूचना ब्यूरो (पीआईडी) ले आफ्नो ‘फ्याक्ट चेक‘ एकाउन्टको प्रयोग गरेर पाकिस्तानको सैन्य दाबीको खण्डन गरेको छ ।
बीबीसीका अनुसार भारतले पाकिस्तानको यस दाबीबारे अहिलेसम्म कुनै जवाफ दिएको छैन।
सोसल मिडियामा आएका पोस्टहरूमा पाकिस्तानले भारतीय सेना ब्रिगेड मुख्यालय नष्ट गरेको दाबी गरिएको छ, जुन गलत भएको पीआईबी फ्याक्ट चेकले जिकिर गरेको छ ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR