११ श्रावण २०८३,सोमबार

दुई जना पक्राउ : ४० लाख हुन्डीको रकमसहित

  • २४ बैशाख २०८२,बुधबार Updated
  • / 261 Read

दुई जना पक्राउ : ४० लाख हुन्डीको रकमसहित

काठमाडौं वैशाख २४ । नेपाल प्रहरीले ४० लाख हुन्डीको रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।  मंगलबार साँझ ६ः१५ बजे विशेष सूचनाको आधारमा  जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले  काठमाडौँ महानगरपालिका २४ स्थित विशाल बजार कम्पनी लिमिटेडको भुईँ तलामा खानतलासी गर्दा ४० लाख ३२ हजार ५ सय नगदसहित दुई जनालाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट नगद र दुई थान मोबाइलसहित विभिन्न बचत तथा ऋण सहकारी संस्थाको हस्ताक्षर मात्र गरेको खाली चेक पनि बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा भारतको कलकत्ता घर भई काठमाडौँ महानगरपालिका २३ ओमबहाल बस्ने ६७ वर्षीय सुरज दत्त र रुपन्देही घर भई चन्द्रागिरि नगरपालिका १५ तिनथाना बस्ने ६३ वर्षीय धर्म प्रसाद ढकाल रहेका छन् ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page