११ श्रावण २०८३,सोमबार

एक महिलाको मृत्यु : बाजुरामा विस्फोट हुँदा

  • २७ बैशाख २०८२,शनिबार Updated
  • / 289 Read

एक महिलाको मृत्यु : बाजुरामा विस्फोट हुँदा

धनगढी वैशाख २७ । शुक्रबार बिहान करिब साढे ७ बजे बुढीनन्दा नगरपालिका–७ सेरकाटियामा घाँस काट्न गएकी ५० वर्षीया काली जैशीको अज्ञात विस्फोटक पदार्थ पड्किंदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जैशी सुजारी पाताल सामुदायिक वनमा घाँस काटिरहेको अवस्थामा विस्फोटक पदार्थ पड्किंदा गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि कोल्टी अस्पताल लगिएको थियो । तर, चिकित्सकले मृत घोषणा गरेका हुन् ।

विस्फोटको कारण खुल्न नसकेको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page