१२ श्रावण २०८३,मंगलवार

भारत-पाकिस्तान : भारतले ५ दिनका लागि बन्द गर्‍यो ३२ विमानस्थल

  • २७ बैशाख २०८२,शनिबार Updated
  • / 283 Read

भारत-पाकिस्तान : भारतले ५ दिनका लागि बन्द गर्‍यो ३२ विमानस्थल

काठमाडौं वैशाख २७ । भारतका ३२ वटा विमानस्थल अस्थायी रुपमा बन्द गरिएको छ । भारत-पाकिस्तान लडाइँ सुरु भएसँगै उत्तरी र पश्चिमी भारतका ३२ वटा विमानस्थल बन्द गरिएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् ।

शनिबार बिहान पाकिस्तानले पनि सबै प्रकारका हवाई उडानका लागि आफ्नो आकाशमार्ग बन्द गरिएको घोषणा गरेको छ । यो बन्द शनिबार अपराह्न ४ बजेसम्मका लागि मात्रै हो ।

भारतको विमानस्थल प्राधिकरण र सम्बन्धित हवाई निकायहरूले सूचना जारी गर्दै विमानस्थल बन्द गरिएको बताएका छन् ।

द हिन्दु डटकमका अनुसार यी विमानस्थलहरूबाट हुने सबै नागरिक उडानहरू मे १५ को बिहान ५:२९ बजेसम्मका लागि बन्द हुनेछन् ।

भारतले सुरु गरेको ‘अपरेशन सिन्दूर’विरुद्ध पाकिस्तानले पनि जवाफी कारबाही सुरु गरेपछि जम्मु-कश्मीको सीमा क्षेत्र तनावग्रस्ता बनेको छ ।

पाकिस्तानले हवाई सेना र मिसाइल भण्डारण क्षेत्रलाई निशाना बनाएर आक्रमण सुरु गरेको छ । जवाफी कारबाहीलाई पाकिस्तानले ‘बुनयान-उल-मर्सुस’ अपरेशन भनेको छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page