मोटरसाइकल चोरेर भाग्दा टिप्परसँग ठोक्किएर दुर्घटना,
- २७ बैशाख २०८२,शनिबार Updated
- / 287 Read
काठमाडौं वैशाख २७ । काठमाडौँ महानगरपालिका–३ महाराजगन्ज स्थित नारायणगोपाल चोकमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एकजना घाइते भएका छन् । गएराति पौने १ बजेको समयमा नयाँ बसपार्कबाट नारायणगोपालतर्फ आएको बा.४ ख १२०३ नम्बरको टिप्परले विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्क दिएको हो ।
चोरीमा संलग्न २० वर्षीय दर्तामानको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए । टिप्पर चालक फरार छन् । टिप्पर चालकको खोजी भइरहेको एसपी बोहराले जानकारी दिए ।
दुर्घटनामा नयाँ बसपार्क तिर जाँदै गरेको बागमती प्रदेश–०२–०४१ प ३९३८ नम्बरको मोटरसाइकल चालक दर्मातान तामाङ घाइते भएका छन् । उनको अवस्था गम्भीर छ । धादिङको गजुरी घर भएका दर्तामानले सो मोटरसाइकल कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित बज्रयोगिनीबाट चोरेर भागेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR