Flash News ::
अमिनको परिवारलाई : पाँच लाख सहयोग करेन्ट लागि ज्यान गुमाएका,
Posted By -Rakesh Kumar Raut
- ३० बैशाख २०८२,मंगलवार Updated
- / 251 Read
रौतहट वैशाख ३०। रौतहटको गरुडा नगरपालिकामा करेन्ट लागि ज्यान गुमाएका एक अमिनको परिवारलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरिएको छ।
मेयर जैसवालले एक कार्यक्रमका बिच स्वर्गीय साहकी श्रीमती रुनी कुमारी साहलाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। थोरै भएपनि सहयोग गरेर परिवारजनको पीडामा मलम लगाउने प्रयास गरिएको मेयर जैसवालले बताए।
गरुडा नगरपालिकामा कार्यरत रही निधन भएका अमिन रामजी साहको परिवारलाई मेयर कन्थमणि जैसवालको पहलमा उक्त रकम पालिकाको कोषबाट सहयोग गरिएको हो।
केही महिना अघि एक निर्माणाधीन भवनको नाप जाँच गर्नेक्रममा भवनको छतको माथिबाट गएको १२ हजार भोल्टको बिद्युत् तारमा करेन्ट लागेर २५ वर्षीय साहको मृत्यु भएको थियो।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR