Flash News ::
महिलाको खोजी जारी पनौतीको बाढीमा परेर बेपत्ता ;
Posted By -Rakesh Kumar Raut
- ३० बैशाख २०८२,मंगलवार Updated
- / 221 Read
काठमाडौं वैशाख ३० । काभ्रको पनौती नगरपालिका–५ स्थित ढलमल खोलामा आएको खहरेसहितको बाढीबाट हिजो (सोमबार) बेपत्ता भएकी महिलाको खोजी कार्य जारी छ ।
खेतबारीबाट काम गरी घर फर्कने क्रममा सोमबार साँझ आएको बाढीमा परेर उनी बेपत्ता भएकी थिइन् ।
उक्त खोलामा आएको बाढीमा परेर ३५ वर्षीया रेनुका गिरी बेपत्ता भएकी थिइन् । उनको खोजीकार्यको लागि विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी बलको टोली खटिएको छ ।
लगत्तै, हिजोबाटै उनको खोजी कार्य सुरु गरिएको थियो । फेला पर्न नसकेपछि उनलाई आज बिहान पुनः खोजी कार्य सुरु गरिएको सशस्त्र प्रहरी बलले जानकारी गराएको छ ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR