Flash News ::
चितवन : रत्ननगरमा बस दुर्घटना हुँदा १५ जना घाइते
Posted By -Rakesh Kumar Raut
- ३ जेष्ठ २०८२,शुक्रबार Updated
- / 298 Read
चितवन जेठ २ । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नगरपालिका–१० मा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
बसमा ३९ जना यात्री रहेकामा १५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।
लहानबाट काठमाडौंतर्फ गइरहेको प्रदेश १–०२–००१ ख ९१६२ नम्बरको बस डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।
बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घाइतेमध्ये चार जनाको पुरानो मेडिकल कलेज र अन्यको बकुलहर अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था खतरामुक्त छ ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR