११ श्रावण २०८३,सोमबार

दुई महिला : मर्निङवाकमा निस्किएका कारको ठक्करबाट मृत्यु

  • ३ जेष्ठ २०८२,शुक्रबार Updated
  • / 322 Read

दुई महिला : मर्निङवाकमा निस्किएका कारको ठक्करबाट मृत्यु

बुटवल जेठ २ । कपिलवस्तुमा मर्निङ वाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु भएको छ । कारको ठक्करबाट गम्भीर घाइते भएका बुद्धभूमि नगरपालिका–१ बसन्तुपुरकी ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कारको ठक्करबाट गम्भीर घाइते उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिए ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत पत्थरकोट–गोरुसिङ्गे सडक खण्डमा अर्घाखाँचीबाट बुटवलतर्फ आउँदै गरेको बीएबी ९५९९ नम्बरको कारले शुक्रबार बिहान पौने ६ बजे ठक्कर दिएको थियो ।

कार चालक रुपन्देहीको सैनामैना नगरपालिका–५ निवासी ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page