५ बैशाख २०८३,शनिबार

इजरायली : हवाई आक्रमणमा मृत्यु हुनेको संख्या ११४ पुग्यो, नाकाबन्दीका कारण अवस्था झनै बिग्रियो

  • ३ जेष्ठ २०८२,शुक्रबार Updated
  • / 232 Read

इजरायली : हवाई आक्रमणमा मृत्यु हुनेको संख्या ११४ पुग्यो, नाकाबन्दीका कारण अवस्था झनै बिग्रियो

गाजापट्टी जेठ २ ।  बिहीबार मध्यरातदेखि गाजामा इजरायली हवाई आक्रमणमा कम्तीमा ११४ जनाको मृत्यु भएको छ । हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सी र उद्धारकर्मीहरूले यो खबर दिएको हो । इजरायलले १० हप्तादेखि गाजामा राहत सामग्री प्रवेशमा प्रतिबन्ध लगाइरहँदा इजरायलले यी हवाई हमलाहरू गरेको हो ।

यद्यपि, इजरायली सरकारले गाजामा खाद्यान्नको अभाव नभएको दाबी गरेको छ । इजरायल र हमासबिचको युद्ध ७ अक्टोबर २०२३ मा सुरु भएको थियो । युद्धविराम सम्झौता भङ्ग भएदेखि इजरायलले गाजामा व्यापक हवाई आक्रमण गरिरहेको छ ।

इजरायलले गाजामा पत्रकारहरूको प्रवेशमा पनि प्रतिबन्ध लगाएको छ ।  बच्चाहरू भोकले रुने अनि तिनका आमा छोराछोरीलाई खुवाउन केही नभएकोले रुने गरेको गाजाकी एक महिलाले बीबीसीलाई बताइन् ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार  २०२३ को अक्टोबर ७ देखि गाजामा कम्तीमा ५२ हजार ८२९ जनाको मृत्यु भइसकेको छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page