३६ जनाको मृत्यु : गाजाको सुरक्षित क्षेत्र मानिने अल-मावासीमा इजरायली आक्रमण,
- ५ जेष्ठ २०८२,आईतवार Updated
- / 250 Read
काठमाडौं जेठ ४ । इजरायली सेनाले गाजामा बमबारी जारी राखेको छ । पछिल्लो समय ‘सुरक्षित क्षेत्र’ भनिएको अल–मावासीमा आक्रमण गरेको छ ।
इजरायलले गाजामा थप आक्रमणको तयारी गरिरहेका बेला यो आक्रमण भएको हो । पछिल्लो समय इजरायली सेनाले स्थल आक्रमणलाई विस्तार गर्ने तयारी गरिरहेको । यसैबेला कतारमा हमाससँग युद्धविराम वार्ता पनि चलेको छ ।
यसैबीच, इराकको राजधानी बग्दादमा भेला भएका अरब देशका नेताहरूले गाजामाथिको युद्ध तत्काल अन्त्य गर्न माग गरेका छन् ।
उक्त आक्रमणमा कम्तीमा ३६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएको छ ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा अहिलेसम्म ५३ हजार २७२ जना प्यालेस्टाइनीको मृत्यु भएको छ । एक लाख २० हजार ६७३ जना घाइते भएका छन् ।
गाजाको सरकारी सञ्चार कार्यालयले मृत्यु सङ्ख्या अझ बढ्दै गएको जनाउँदै ६१ हजार ७०० भन्दा बढीको मृत्यु भएको अनुमान गरेको छ । भग्नावशेषमा पुरिएका हजारौं मानिसहरू अझै बेपत्ता छन् ।
यता, हमासले सन् २०२३ को अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणमा एक हजार १३९ जनाको ज्यान गएको थियो भने २०० भन्दा बढी व्यक्तिहरूलाई अपहरण गरिएको इजरायलको दाबी छ ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR