Flash News ::
क्षतिग्रस्त : मेक्सिकोको नौसेनाको जहाज न्यूयोर्कको ब्रुकलिन पुलमा ठोक्किएर
Posted By -Rakesh Kumar Raut
- ५ जेष्ठ २०८२,आईतवार Updated
- / 218 Read
काठमाडौं जेठ ४ । मेक्सिकोको नौसेनाको एक जहाज न्यूयोर्क शहरमा अवस्थित ब्रुकलिन पुलमा ठोक्किएर क्षतिग्रस्त भएको छ । सो जहाज एक विशेष समारोहका लागि जाँदै थियो ।
त्यसपछि जहाजको मुस्तलका टुक्रा जहाजमाथि नै खसेका थिए । त्यसबाट केही घाइते भएको बताइन्छ ।
न्यूयोर्क शहरको आकस्मिक सेवा तत्कालै सक्रिय भएको थियो । यसबारे थप विवरण आउन बाँकी छ ।
दुर्घटनाको एक भिडियोमा शनिबार साँझ सो जहाज पुल मुनिबाट जाँदै गर्दा मुस्तल (जहाजको माथि राखिने विशाल खम्बा) ठोक्किएको देखिन्छ ।
मेक्सिकोको नौ सेनाले पुलमा ठोक्किएर जहाज क्षतिग्रस्त भएको पुष्टि गरेको छ । साथै यस घटनाको अनुसन्धान भइरहेको पनि जनाएको छ ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR