छोरा प्रहरी नियन्त्रणमा : मोटरसाइकल दुर्घटना हुँदा आमाको मृत्यु,
- ६ जेष्ठ २०८२,सोमबार Updated
- / 351 Read
विराटनगर जेठ ५ । मोरङको रतुवामाई नगरपालिका–६ त्रिवेणी चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार आमबारीबाट उर्लाबारीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ९०६० नम्बरको मोटरसाइकल आइतबार साँझ रतुवामाई–६ त्रिवेणी चोकमा कुकुरलाई जोगाउन खोज्दा आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो ।
आइतबार साँझ भएको दुर्घटनामा मोटरसाइकल पछाडि बसेकी रतुवामाई नगरपालिका–५ की ४५ वर्षीया भवानी मेहताको मृत्यु भएको हो । मोटरसाइकल उनका छोरा रमेशले चलाएका थिए ।
मोटरसाइकल चालक मृतकका छोरा २३ वर्षीय रमेश मेहतालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मेहता गम्भीर घाइते भएकी थिइन् । रंगेली अस्पताल पुर्याउनसाथ आइतबार साँझ ७ः१० बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR