११ श्रावण २०८३,सोमबार

काठमाडाैं जाेड्ने कान्ति लाेकपथ अवरुद्ध - हेटाैंडा

  • ६ जेष्ठ २०८२,सोमबार Updated
  • / 288 Read

काठमाडाैं जाेड्ने कान्ति लाेकपथ अवरुद्ध - हेटाैंडा

हेटाैंडा जेठ ५ । मकवानपुरकाे भीमफेदी गाउँपालिका-८ र ललितपुरकाे बागमती गाउँपालिका-२ काे सीमानास्थित बगुवा खाेलाकाे डाइभर्सन बाढीले बगाएपछि सडक अवरुद्ध भएकाे मकवानपुर प्रहरीले जानकारी दिएकाे छ ।

बगुवा खाेलास्थित बागमती पुलकाे एक भाग गत असाेजमा आएकाे भिषण बाढीले बगाएकाे थियाे । पुलकाे मकवानपुरतर्फकाे भाग बगाएपछि डाइभर्सनबाट सडक सञ्चालन भइरहेकाे थियो ।

आज साेमबार बिहान परेकाे पानीले डाइभर्सनका लागि राखिएका ह्युमपाइपहरू बगाएकाे डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page