५ बैशाख २०८३,शनिबार

एक जना पक्राउ : रामेछापमा दम्पतीलाई निर्घात कुटपिट गरेर लुटेको आरोपमा,

  • ६ जेष्ठ २०८२,सोमबार Updated
  • / 236 Read

एक जना पक्राउ : रामेछापमा दम्पतीलाई निर्घात कुटपिट गरेर लुटेको आरोपमा,

काठमाडौँ जेठ ५ । रामेछापको सुनापति गाउँपालिका वडा नम्बर–२ स्थित दिमीपोखरीमा दम्पतीलाई निर्घात कुटपिट गरेर एक जना युवकले सुनको गहना लुटेका छन् । वैशाख २९ मा मध्यराति पौने १२ बजेतिर सुरसुम्बा टोलमा बस्ने ७० वर्षीय सानोकान्छा तामाङ र उनकी पत्नी ६५ वर्षीया सानुकान्छी तामाङलाई कुटपिट गरेर आरोपीले सुनका गहना लुटेका हुन् ।

मध्यराति छिमेकीको घरमा गएर उनले बिजुलीको मेन स्विच बन्द अफ गरेर लुटपाट गरेर प्रहरीको अनुसन्धान निष्कर्ष छ । दम्पतीलाई घाइते बनाएर आरोपीले सानुकान्छी तामाङले लगाएको दुईवटा सुनको बेरुवा रिङ लुटपाट गरेर भागेका थिए । उनीविरुद्ध डाँकाचोरी मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान थालिएको डीएसपी भट्टले जानकारी दिए ।

लुटमा संलग्न दिमीपोखरी बस्ने ३८ वर्षीय प्रेम बहादुर लामा ‘पेम्बा’लाई पक्राउ गरिएको रामेछापका डीएसपी भोला भट्टले  बताए । पेम्बाको घरबाट प्रहरीले लुटिएको सुनको २ थान बेरुवा रिङ बरामद गरेको छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page