Flash News ::
अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए - औषधी पसल
Posted By -Rakesh Kumar Raut
- ७ जेष्ठ २०८२,मंगलवार Updated
- / 290 Read
रौतहट जेठ ६ । औषधी पसल दर्ता नगरी चलाएको, बिक्री वितरणमा रोक लगाइएको औषधी समेत विक्री गरेको उजुरीको आधारमा औषधी ब्यवस्था विभाग क्षेत्रीय कार्यालय वीरगन्ज टोली अनुगमन गर्न जाँदा स्थानीयले कुटपिट गरेको औषधी व्यवस्था विभाग क्षेत्रीय कार्यालय वीरगन्जका प्रमुख शम्भु साहले बताए ।
स्थानीयले प्रहरी निरीक्षक कँडेलको मोबाइल फुटाएको छ । राजपुर नगरपालिका वडा नं. ५ का ५५ वर्षीय सुमित्रा देवीले औषधी व्यवस्था विभागका कर्मचारीलाई बचाउन खोज्दा घाइते हुनुभएको छ । उनको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ ।
स्थानीयले गरेको प्रतिकारमा फार्मेसी निरीक्षक ओम प्रकाश जयसवाल र फार्मेसी अधिकृत अमर शर्मा घाइते हुनुभएको छ । घाइते जयसवाल र शर्माको अवस्था सामान्य रहेको छ ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR