११ श्रावण २०८३,सोमबार

८ जना पक्राउ : राजश्व छलीका सामाग्रीसहित काठमाडौँबाट,

  • ९ जेष्ठ २०८२,बिहीबार Updated
  • / 305 Read

८ जना पक्राउ : राजश्व छलीका सामाग्रीसहित काठमाडौँबाट,

काठमाडौँ  जेठ ८। काठमाडौँको चःमतीबाट राजश्व छलीका विभिन्न सामाग्रीसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न कम्पनीका मोबाइलका पार्टपुर्जाहरू राजस्व छली चोरी पैठारी गरी काठमाडौँ ल्याएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा रोशन कुमार महतो, सत्यनारायण कृष्णमुर्थी, दीपक शेकर, भिनोथ कुमार अमर चन्द,  सिकेन्दर रजा, शेष पिर मोहम्मद मोस्तान,  मोहम्मद रेहान, रौनक ठाकुर रहेका छन् ।

विभिन्न मोबाइल पसलहरूमा बिक्री वितरण तथा भण्डारण गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले  विभिन्न कम्पनीको मोबाइलको पार्टपुर्जासहित पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुलचोक ललितपुर पठाइएको प्रहरीले जानकारी दिएको छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page