२३ जेष्ठ २०८३,शनिबार

बालिकाको शव बरामद : सङ्खुवासभामा शंकास्पद मृत्यु भएको आशङ्का

  • १० जेष्ठ २०८२,शुक्रबार Updated
  • / 220 Read

बालिकाको शव बरामद : सङ्खुवासभामा शंकास्पद मृत्यु भएको आशङ्का

काठमाडौँ जेठ ८ । सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ बाट प्रहरीले दाहसंस्कारको तयारी भइरहेको शव बरामद गरेको छ । भोटेखोला गाउँपालिका–४ स्थित सिप्प्रङकी ६ वर्षीया बालिका युनिकाको शव बिहीबार नियन्त्रणमा लिएर अनुसन्धान थालिएको सङ्खुवासभाका डीएसपी दक्ष बस्नेतले  बताए ।

जेठाजु र बुहारीको बिचमा झगडा हुँदा बालिकालाई डिलबाट धकेल्दा चोट लागेर मृत्यु भएको आशङ्का गरिएको छ । घाइते बालिकाको उपचारको क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो ।

बालिकालाई डिलबाट धकेल्ने अनिका गुरुङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ । मृतक गोपाल तामाङकी छोरी हुन् ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page