१२ श्रावण २०८३,मंगलवार

एक जनाको मृत्यु : दुई साँढे बीचको लडाइँमा परेर

  • १३ जेष्ठ २०८२,सोमबार Updated
  • / 285 Read

एक जनाको मृत्यु : दुई साँढे बीचको लडाइँमा परेर

जनकपुरधाम जेठ १२ । उपमहानगरपालिकाको चरम लापरबाहीले जनकपुरबासीले गुमायो एक होनहार युवा नेता 

सडकमा दुई साँढे बीचको लडाइँमा परेर स्कुटर दुर्घटना हुँदा जनकपुरधाम उपमहानगरपालिका ७ का ५० वर्षीय सत्तार राइनको मृत्यु भएको हो ।

मधेश प्र.०२–००७ प ९२६६ नम्बरको स्कुटर चढेर जनकपुरधाम ६ पेठियाबजारबाट प्रादेशिक अस्पतालतर्फ गइरहेका बेला सडकमा जुधिरहेका साँढेसँग राति साढे ८ बजेतिर ठोक्किँदा राइन गम्भीर घाइते भएका थिए ।

उनलाई तत्कालै नजिकैको जानकी हेल्थ केयरमा उपचारका लगिए पनि चिकित्सकले मृत घोषणा गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहले जानकारी दिए ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page