Flash News ::
२ जनाको मृत्यु : मध्यविन्दुमा मोटरसाइकल दुर्घटना हुँदा
Posted By -Rakesh Kumar Raut
- १४ जेष्ठ २०८२,मंगलवार Updated
- / 367 Read
बुटवल जेठ १३ । नवलपरासी (पूर्व)को मध्यविन्दुमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा मध्यविन्दु- ७ चोरमाराका २४ वर्षीय नवीन कुमाल र सोही ठाउँका २२ वर्षीय रादिम मिधुन को उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
पश्चिम नवलपरासीको बर्दाघाट नगरपालिका-५ घर भई चोरमारामा टायल-मार्बल सम्बन्धी मिस्त्री काम गर्ने २८ वर्षीय मनिष घर्तीमगर गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारको लागि मेडिकल कलेज भरतपुर रिफर गरिएको छ ।
आज बिहान ६ बजे चोरमारातिर आउँदै गरेको लु९प८११६ नम्बरको मोटरसाइकल मध्यविन्दु नगरपालिका-७ अम्रसा जंगलको भित्री बाटोमा दुर्घटना भएको हो ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR