११ श्रावण २०८३,सोमबार

दुई जना पक्राउ बलात्कारको अभियोगमा

  • १५ जेष्ठ २०८२,बुधबार Updated
  • / 259 Read

दुई जना पक्राउ बलात्कारको अभियोगमा

पर्सा जेठ १४ । बलात्कारको अभियोगमा पर्साका दुई जना  पक्राउ परेका छन् । जगरनाथपुर गाउँपालिका–६ सङ्ठीका २३ वर्षीय विशाल यादवलाई किशोरी बलात्कारको अभियोगमा पक्राउ गरिएको हो ।

पीडितका तर्फबाट प्राप्त जाहेरीका आधारमा अभियोग लागेका यादव र पासवानलाई करणीसम्बन्धी कसुरमा जिल्ला अदालतबाट थुनामा राख्ने अनुमति लिएर अनुसन्धान भइरहेको सूचना अधिकारी लम्सालले जानकारी दिए ।

पर्सा प्रहरीका सूचना अधिकारी किशोर लम्सालका अनुसार भारतीय नागरिक मनिष पासवानलाई पनि यस्तै अभियोगमा पक्राउ गरिएको छ । अभियुक्त पासवानले किशोरीलाई प्रलोभनमा पारेर भारतमा लगी पटकपटक करणी गरेका थिए । 

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page