११ श्रावण २०८३,सोमबार

दुर्घटनाग्रस्त : स्पेसएक्सको सबैभन्दा ठूलो रकेट प्रक्षेपण लगत्तै

  • १५ जेष्ठ २०८२,बुधबार Updated
  • / 302 Read

दुर्घटनाग्रस्त : स्पेसएक्सको सबैभन्दा ठूलो रकेट प्रक्षेपण लगत्तै

काठमाडौं जेठ १४ । यो अन्तरिक्ष यान अहिलेसम्मकै सबैभन्दा ठूलो र शक्तिशाली रकेट मानिन्छ। यसलाई एलन मस्कको मंगल ग्रहमा बस्ती बसाल्ने महत्त्वाकांक्षासँग जोडिएको महत्वपूर्ण परियोजना मानिएको थियो।

तर, प्रक्षेपणको केही समयपछि नै केही समस्या देखियो र रकेट पृथ्वीको वायुमण्डलमा योजनाबद्ध रूपमा फर्किनु अघि नै अनियन्त्रित भएको हो ।

स्पेसएक्सको भनाइअनुसार, अन्तरिक्ष यान तीव्र गतिमा विखण्डित हुँदै हिन्द महासागरमा खस्नुअघि नै टुक्रा–टुक्रा भएको थियो ।

बीबीसीका अनुसार स्टारशिपको यो नवौं परीक्षण उडान थियो । यो मानवविहीन रकेट टेक्सासबाट सफलतापूर्वक प्रक्षेपण गरिएको थियो।

सामाजिक सञ्जाल एक्समा गरिएको पोस्टमार्फत कम्पनीले यो परीक्षणले स्टारशिपको विश्वसनीयता सुधार गर्न मद्दत गर्ने जनाएको छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page