११ श्रावण २०८३,सोमबार

पाकिस्तानी प्रधानमन्त्रीको वार्ताको प्रस्तावमा : भारतले के भन्यो ?

  • १७ जेष्ठ २०८२,शुक्रबार Updated
  • / 236 Read

पाकिस्तानी प्रधानमन्त्रीको वार्ताको प्रस्तावमा : भारतले के भन्यो ?

नयाँ दिल्ली जेठ १६ । पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले आतंकवाद रोक्ने लगायत अन्य विषयमा भारतसँग वार्ता गर्ने इच्छा व्यक्त गरेका छन् । यस सम्बन्धमा भारतको तर्फबाट विदेश मन्त्रालयले बिहीबार प्रतिक्रिया दिएको छ।

‘जहाँसम्म आतंकवादको सवाल छ, अब पाकिस्तानसँगको वार्ता हामीले केही वर्ष अघि दिएको आतंककारीहरूको सूची हामीलाई हस्तान्तरण गर्ने विषयमा हुनेछ,’ उनले भने, ‘जहाँसम्म जम्मू कश्मीरको प्रश्नको कुरा छ, पाकिस्तानले अवैध रूपमा कब्जा गरेको पीओके कहिले खाली गर्छ भन्ने विषयमा मात्र द्विपक्षीय वार्ता हुनेछ।’

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भने, ‘पाकिस्तानसँगको द्विपक्षीय सम्बन्धको बारेमा हाम्रो अडान र दृष्टिकोण एकदमै स्पष्ट छ। हामी दोहोर्‍याउन चाहन्छौँ कि आतंकवाद र वार्तासँगै चल्न सक्दैनन्।’

बुधबार अजरबैजानको लाचिन शहरमा पाकिस्तान, टर्की र अजरबैजानको त्रिपक्षीय बैठकलाई सम्बोधन गर्दै पाकिस्तानका प्रधानमन्त्री शरीफले भनेका थिए, ‘हामी हिजो पनि शान्ति चाहन्थ्यौँ, आज पनि चाहन्छौँ र भविष्यमा पनि शान्तिलाई प्राथमिकता दिनेछौँ।’

उनले भने, ‘हामीले भारतलाई यसको अनुसन्धानमा सहयोग गर्ने भन्यौँ, तर भारतले यसलाई अस्वीकार गर्‍यो।"

यसपछि अर्को कार्यक्रमलाई सम्बोधन गर्दै शरीफले पाकिस्तानले सबै मुद्दाहरू वार्ताको टेबलमा समाधान गर्न चाहेको बताए। उनले भारतले कुनै प्रमाण बिना पाकिस्तानमाथि आरोप लगाएको र पहलगाम घटनाको बारेमा कुनै प्रमाण प्रदान नगरेको पनि बताए । 

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page