Flash News ::
एउटा टिपर डुब्यो : नारायणी नदीमा फसेका २२ जनाको सकुशल उद्धार
Posted By -Rakesh Kumar Raut
- १७ जेष्ठ २०८२,शुक्रबार Updated
- / 304 Read
काठमाडौं जेठ १६ । चितवनको भरतपुर महानगरपालिका–१६ शिवघाटस्थित नारायणी नदीको बीच भागमा फसेका २२ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
उनीहरु नदीको बीच भागमा फसेको भन्ने जानकारी पाउनासाथ १७ नम्बर गण चितवनबाट सशस्त्र प्रहरी निरीक्षक चामनारायण महतोको कमाण्डमा गोताखोरसहितको टोली खटिएको थियो । सो टोलीले उनीहरुलाई बोटको सहायताले उद्धार गरेको हो ।
नारायणी नदीमा बाँध बाँधेर गिट्टी बालुवा निकाल्ने क्रममा बाँध फुटेर नदीको बीच भागको टापुमा फसेकाहरुलाई सकुशल उद्धार गरिएको हो ।
गिट्टी बालुवा बोक्न प्रयोग गरिएको एउटा टिपर भने नदीको बाँध फुटेको ठाउँमा डुबेको छ ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR