Flash News ::
लागुऔषध : ओसारपसारमा कुकुर प्रयोग, ‘रक्की’को घाँटीमा भेटियो ब्राउनसुगर
Posted By -Rakesh Kumar Raut
- १७ जेष्ठ २०८२,शुक्रबार Updated
- / 315 Read
विराटनगर जेठ १६ । लागुऔषध ओसारपसारमा कुकुर प्रयोग गर्ने गरेको पाइएको छ । बिहीबार उर्लाबारी नगरपालिका– ४ का २४ वर्षीय प्रशान भण्डारी पक्राउ परेपछि कुकुरको प्रयोग खुलेको हो ।
उनीमाथि चेकजाँच गर्दा लागुऔषध फेला परेन । तर उनकै साथमा रहेको कुकुरको घाँटीमा बाँधेको बेल्टमा भने लागुऔषध फेला पर्यो ।
उनी बिहीबार दिउँसो ‘रक्की’ नामको कुकुर लिएर सीमावर्ती बजार जोगवनी पुगेका थिए । उनी विहीबार साँझ करिब ५ बजेतिर जोगवनीबाट कुकुरसहित नै फर्किएका थिए ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार भण्डारीसँग सोधपुछ गर्ने क्रममा घरपालुवा कुकुरको घाँटीमा बाँधेको ‘बेल्ट’मा लुकाएको अवस्थामा ब्राउन सुगर (खैरो हेरोइन) ३.३६ ग्राम र नाइट्राजेपाम ३५ ट्याब्लेट बरामद भएको हो ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR