११ श्रावण २०८३,सोमबार

१२ सय गाउँ डुबानामा, मृत्यु हुनेको संख्या १२ पुग्यो : आसाम बाढीपहिरो

  • २१ जेष्ठ २०८२,मंगलवार Updated
  • / 345 Read

१२ सय गाउँ डुबानामा, मृत्यु हुनेको संख्या १२ पुग्यो : आसाम बाढीपहिरो

काठमाडौं जेठ २० । २२ जिल्लाका १ हजार २५४ गाउँहरू डुबानमा परेको आसाम राज्य विपद् व्यवस्थापन प्राधिकरणलाई उदृत गर्दै बीबीसी हिन्दीले लेखेको छ । बाढीबाट सबैभन्दा बढी क्षति श्रीभूमि, कछार, हैलाकांडी, लखिमपुर र नगाउँ छन् ।

भारतको पूर्वी राज्य आसाममा पछिल्लो चार दिनमा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

विपद् व्यवस्थापन प्राधिकरणका अनुसार २ जुन साँझ यता बाढीपहिरोबाट आसाममा २ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । जबकि करिब ३२ हजार मानिसका घरहरू पूर्ण रूपमा डुबानमा परेका छन् ।

आसाममा बाढीको अवस्था बिग्रँदै गएपछि मंगलबार प्रधानमन्त्री नरेन्द्र मोदीले मुख्यमन्त्री हेमन्त विश्वशर्मालाई फोन गरेर बाढीले पुर्‍याएको क्षतिबारे जानकारी लिएका छन् ।

बाढीपहिरो प्रभावितहरू बस्नका लागि स्थानीय प्रशासनले विभिन्न स्थानमा ३२२ राहत शिविरहरू स्थापना गरेको छ।

विगत पाँच दिनदेखिको निरन्तर वर्षका कारण भारतका धेरै उत्तरपूर्वी राज्यहरूमा बाढी र पहिरोका धेरै घटनाहरू भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

आसाम बाहेक सबैभन्दा बढी प्रभावित राज्यहरूमा मिजोरम, मणिपुर, त्रिपुरा र अरुणाचल प्रदेश छन् ।

प्रधानमन्त्री मोदीले बाढी प्रभावित क्षेत्रमा केन्द्र सरकारले सहयोग गर्ने आश्वासन दिएका छन् ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page