११ श्रावण २०८३,सोमबार

११ सय किलो गाँजा : बगरमा गाडेको अवस्थामा भेटियो,

  • २२ जेष्ठ २०८२,बुधबार Updated
  • / 354 Read

११ सय किलो गाँजा : बगरमा गाडेको अवस्थामा भेटियो,

विराटनगर जेठ २१ । भारत तस्करीका लागि तस्करको समूहले सुनसरीको कटान खोलाको बगरमा गाडेर राखेको अवस्थामा  मंगलबार ३८ बोरा गाँजा भेटिएको थियो ।

सुनसरीमा खोलाको बगरमा गाडेर राखेको अवस्थामा प्रहरीले ११२० किलो गाँजा बरामद गरेको छ ।

उनका अनुसार सुनसरीको हरिनगरा गाँउपालिका ५ र ६ को सिमाना भएर बग्ने कटान खोलाको बगर गाडेर राखेको अवस्थामा ३८ बोरा गाँजा बरामद गरेको हो ।

गाँजा बरामद भएको स्थान भारतीय सीमा क्षेत्र नजिकै पर्छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

बरामद गाँजा ११२० किलो रहेको  जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाले जानकारी दिए ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page