११ श्रावण २०८३,सोमबार

एकको मृत्यु, एक घाइते : मोटरसाइकल ट्रलीमा ठोकिँदा

  • २८ जेष्ठ २०८२,मंगलवार Updated
  • / 283 Read

एकको मृत्यु, एक घाइते : मोटरसाइकल ट्रलीमा ठोकिँदा

रौतहट जेठ २७ । रौतहटको गरुडास्थित कटहरिया सडकखण्डमा गएराति रोकिराखिएको ट्याक्टरको ट्रलीमा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

ना ६ त ८१०६ नम्बरको ट्याक्टर ईँटा लोड गरी दुद्यीयाभार चौक नजिकै कालोपत्रे सडकमै बिग्रिएर रोकिराखिएको थियो। उक्त ट्याक्टरमा गरुडाबाट घरतर्फ जाँदै गरेको प्रदेश २–०३–०२० प ७२४८ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल गएराति करिब १० बजे ठोक्किएको थियो।

दुर्घटनापछि गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएकोमा डाक्टरले संजय साहलाई मृत घोषणा गरेका थिए। घाइते ठाकुरको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।

मृत्यु हुनेमा कटहरिया नगरपालिका–१, भसेडवाका २० वर्षीय संजय साह रहेका छन्। उनी पनिलाल साहका छोरा हुन्। मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका २१ वर्षीय राजन ठाकुर घाइते भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले जानकारी दिए।

दुर्घटनामा परेका मोटरसाइकल र ट्याक्टर दुवैलाई इलाका प्रहरी कार्यालय गरुडाले नियन्त्रणमा लिएको छ। ट्याक्टरको मालिक र चालक को हुन् भन्ने बारे खोजी कार्य तथा घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page