११ श्रावण २०८३,सोमबार

दुईजना पक्राउ : यूके पठाइदिने भन्दै करोडौं ठगी गर्ने

  • २८ जेष्ठ २०८२,मंगलवार Updated
  • / 311 Read

दुईजना पक्राउ : यूके पठाइदिने भन्दै करोडौं ठगी गर्ने

काठमाडौं जेठ २७ । यूके (बेलायत) पठाइदिने प्रलोभन देखाएर ठगी गर्ने गिरोहका दुई जना सदस्य पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका–१० स्थायी ठेगाना भई हाल काठमाडौं सरस्वती नगर बसोबास गर्ने ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषा सबेला नगरपालिका–१२ स्थायी ठेगाना भई हाल काठमाडौं नरेफाँट बसोबास गर्ने ४७ वर्षीय अरुण राज शर्मा रहेका छन्।

महेश लिम्बुले दिएको जाहेरीका आधारमा वैदेशिक रोजगार विभाग, ताहाचलको अनुरोधमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

उनीहरूलाई काठमाडौं महानगरपालिका–३२ नरेफाँटबाट प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको हो।

अनुसन्धानको क्रममा हालसम्म ३८ जना पीडितबाट यूके पठाइदिने भन्दै झण्डै ११ करोड ६ लाख ९७ हजार रुपैयाँ ठगी गरिएको खुलेको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजी कुमार आचार्यले जानकारी दिए । 

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page