१२ श्रावण २०८३,मंगलवार

ट्रम्पको दाबी : चीनसँग दुर्लभ धातुबारे सम्झौता भएको

  • ३० जेष्ठ २०८२,बिहीबार Updated
  • / 272 Read

ट्रम्पको दाबी : चीनसँग दुर्लभ धातुबारे सम्झौता भएको

वासिङ्टन डीसी जेठ २९ । अमेरिका र चीनबिच चिसिएको सम्बन्धमा तातोपनाको सङ्केत देखिएको छ । दुई देशले एउटा सम्झौता गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् ।

‘हामीले चीनसँग सम्झौता गरेको छौँ, यसलाई सी र मैले अन्तिम अनुमोदन गर्न बाँकी छ ।’ टु«थ सोसलमा एउटा पोस्टमा ट्रम्पले लेखेका छन् । लन्डनमा दुई देशका प्रतिनिधिबिच दुई दिनसम्मको बहसपछि यो सहमति भएको हो ।

उनका अनुसार  अमेरिकी कम्पनीलाई चुम्बक र दुर्लभ धातु उपलब्ध गराउने चीन सहमत भएको छ । यसको सट्टामा अमेरिकाले चिनियाँ विद्यार्थीको भिसा खारेज गर्ने धम्की फिर्ता लिने भएको छ ।

मेमा युद्धविराममा सहमति जनाएयता दुवै देशले एक अर्कामाथि सोको उल्लङ्घन गरेको आरोप लगाउँदै आएका थिए । पोस्टमा ट्रम्पले सम्झौताका बारेमा खासै धेरै जानकारी दिएका छैनन् । बिहीबार ट्रम्पले विश्वभरका देशहरूमाथि एकतर्फी ट्यारिफ लगाउने भनेका थिए ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page