Flash News ::
५ जनाको मृत्यु : भारतमा हेलिकप्टर दुर्घटना हुँदा
Posted By -Rakesh Kumar Raut
- १ असार २०८२,आईतवार Updated
- / 322 Read
काठमाडौं असार १ । केदारनाथ मन्दिर दर्शन गरेर फर्किंदै गरेका यात्रुहरु सवार हेलिकोप्टर दुर्घटनामा परेको हो । दुर्घटनामा पाइलट र बच्चासहित पाँच जनाको मृत्यु भएको दैनिक भाष्करले जनाएको छ ।
भारतीय मिडियाहरुका अनुसार केदारनाथ मन्दिर दर्शन पछि गौरीकुण्डतर्फ जाँदै गर्दा हेलिकप्टर दुर्घटनामा परेको हो । खराब मौसमका कारण हेलिकप्टर दुर्घटना भएको अनुमान छ ।
मुख्यमन्त्री पुष्करसिंह धामीका अनुसार दुर्घटनास्थलमा खोज तथा उद्धार टोली परिचालित भइसकेका छन् ।
दुर्घटना भएको हेलिकप्टर आर्यन एभिएसन कम्पनीको हो । उत्तराखण्डको नागरिक उड्डयन कार्यालयका अनुसार हेलिकप्टरमा उत्तराखण्ड, उत्तरप्रदेश, महाराष्ट्र र गुजरातका यात्रुहरु थिए ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR