११ श्रावण २०८३,सोमबार

प्रहरी सहायक हवल्दारकाे मृत्यु मोटरसाइकल दुर्घटना हुँदा,

  • १ असार २०८२,आईतवार Updated
  • / 333 Read

प्रहरी सहायक हवल्दारकाे मृत्यु मोटरसाइकल दुर्घटना हुँदा,

विराटनगर असार १ । शनिबार राति ८ बजे मोरङको कानेपोखरी गाउँपालिका- ७ डाँस खोला पुलको डाइभर्सनमा मोटरसाइकल दुर्घटना हुँदा बेलबारी नगरपालिका– ४ घर भइ प्रहरी चौकी जमुना इलाममा कार्यरत  प्रहरी सहायक हवल्दार ३१ वर्षीय जितेन्द्र चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा उनकी श्रीमती प्रहरी चौकी जमुना इलाममै कार्यरत २६ वर्षीया प्रहरी जवान विमला धिमाल चौधरी र दुई वर्षीय छोरा जेशन चौधरी गम्भीर घाइते छन् । उनीहरुलाई उपचारका लागि नोबेल मेडिकल कलेज विराटनगरमा उपचार भइरहेको  जिल्ला प्रहरी कार्यालय माेरङले जनाएकाे छ ।

प्र १–०२–०४३ प २४७१ नम्बरको मोटरसाइकलमा छोरा र श्रीमतीसहित चौधरी पथरीबाट कानेपोखरीतर्फ आउँदै गर्दा डाइभर्सनमा माेटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको थियो ।

शनिबार नै हुलाकी राजमार्गको रंगेली खण्डमा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । हुलाकी राजमार्गको रंगेली नगरपालिका-७ संसारीमाई नजिकै विराटनगरबाट आमबारीतर्फ जाँदै गरेको बोइलर कुखुराको दाना बोकेको को२च १३०० नम्बरको  पिकअप दुर्घटना हुँदा चालक विराटनगर महानगरपालिका- ८ का ४५ वर्षीय चेतराज खनालको मृत्यु भएको हो ।

प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो । पिकअपमा सवार सोही स्थानका २३ वर्षीय राम राजबंशी, २१ वर्षीय छत्र पराजुली, ३२ वर्षीय दिपेश पौडेलको अवस्था भने सामान्य रहेको प्रहरीले बताएको छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page