मृत फेला : हेटौंडामा होटलमा श्रीमती भेट्न पुगेका युवक,
- ३ असार २०८२,मंगलवार Updated
- / 310 Read
हेटौंडा असार ३ । हेटौंडा उपमहानगरपालिका–१२ पदमपोखरी स्थायी घर भएका करिब ३० वर्षीय अमित मोक्तान २ असार सोमबार राति मृत फेला परेका हुन् ।
होटलको तेस्रो तलस्थित छतमा पुगेका मोक्तान रेलिङबाट अचानक खस्न गई भुईंमा लडेको प्रहरीलाई भनिएको छ ।
उनकी श्रीमती ममता प्रजा सोही होटलमा काम गर्थिन् । अमित राति जल भएको घरको छतबाट खसेको प्रहरीले बताएको छ ।
प्राथमिक उपचारपछि थप उपचारका लागि उनलाई राति नै चितवनस्थित भरतपुर अस्पतालमा रिफर गरिएको थियो ।
उनलाई मंगलबार बिहान भरतपुर अस्पतालका चिकित्सकले मृत घोषणा गरेको डीएसपी अर्यालले बताए ।
प्रारम्भिक अनुसन्धानबाट घटना शंकास्पद नदेखिएको डिएसपी अर्याल बताउँछन् ।
मृतक मोक्तान उनलाई भेटन होटल पुगेको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
मृतक मोक्तानको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR