Flash News ::
एक जना पक्राउ : बारामा २२ किलो गाँजासहित,
Posted By -Rakesh Kumar Raut
- ४ असार २०८२,बुधबार Updated
- / 318 Read
रौतहट असार ४ । जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय सिमराको संयुक्त टोलीले विशेष सूचनाको आधारमा २२ किलो लागु औषध गाँजासहित एक जना मानिसलाई पक्राउ गरेको छ।
जीतपुर सिमरा उप महानगरपालिका ८ ईम्लिप्रति स्थित फिल्डमा २ वटा बोरामा लैजादै गरेको अवस्थामा संयुक्त टोलीले मंगलवार साँझ सहनीलाई पक्राउ गरेको डीएसपी पण्डितले जानकारी दिए।
पक्राउ पर्नेमा जीतपुर सिमरा उपमहानगरपालिका ८ लोसण्डा बस्ने वर्ष ४५ को रामपुकार सहनी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी विजयराज पण्डितले बताएका छन्।
लागू औषध गाँजा सहित सहनीलाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराको सूचनामा उल्लेख गरिएको छ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR