११ श्रावण २०८३,सोमबार

गर्भवती महिला : मोबाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु,

  • ५ असार २०८२,बिहीबार Updated
  • / 309 Read

गर्भवती महिला : मोबाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु,

रौतहट असार ५ । रौतहट स्थित मोबाइल चार्ज गर्ने क्रममा विद्युतीय करेन्ट लागेर एकजना गर्भवती महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा राजपुर नगरपालिका–३ डमार पोखरीया गाउँकी ३५ वर्षीय गुलनाज खातुन रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले  बताए।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको तथा घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

बुधबार दिउसो साढे ३ बजेको आफ्नै घरमा मोबाइल चार्जमा लगाउन जाँदा खातुन लाई विद्युतीय करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएकी खातुनलाई प्रादेशिक अस्पताल गौरमा उपचारको लागि लैजाँदा साँझ ५ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। मृतक खातुन गर्भवती रहेको प्रादेशिक अस्पताल गौरका मेसु डाक्टर मुरारी ठाकुरले बताएका छन्।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page