२ जना पक्राउ : इटाली र अजरबैजान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा,
- ५ असार २०८२,बिहीबार Updated
- / 253 Read
काठमाडौं असार ५ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–७ बस्ने दाङ घोराही उपमहानगरपालिका–१६ घर भएका १९ वर्षीय दर्शन खड्का र तारकेश्वर नगरपालिका–३ बस्ने गोरखा धार्चे गाउँपालिका–५ घर भएका ३७ वर्षीय सरेश गुरूङ रहेका छन् ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दर्शनलाई काठमाडौं महानगरपालिका–७ बाट बुधबार र सरेशलाई काठमाडौं महानगरपालिका–२६ बाट मंगलबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउमध्ये दर्शनले इटाली पठाइदिन्छु भन्दै ३ जना पीडितबाट ६ लाख रूपैयाँ र सरेशले अजरबैजान पठाइदिन्छु भन्दै २ जना पीडितबाट ४ लाख रूपैयाँ लिएका थिए । त्यसपछि दुवैजना फरार भएपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR