११ श्रावण २०८३,सोमबार

चितवन : बस र माइक्रो ठोक्किँदा ५ जनाको मृत्यु, ८ जना घाइते

  • ७ असार २०८२,शनिबार Updated
  • / 299 Read

चितवन : बस र माइक्रो ठोक्किँदा ५ जनाको मृत्यु, ८ जना घाइते

चितवन असार ७ । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–३ डडुवा भन्ने स्थानमा बस र इभी माइक्रो बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् ।

शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।

मृतकहरुको सनाखत भएको छैन । ३ जना पुरुष र २ जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इभी माइक्रोबस र यात्रुवाहक बस एक आपसमा ठोक्किंदा दुर्घटना भएको हो ।

धनगढीबाट काँकडभिट्टातर्फ जाँदै गरेको बसले लोथरबाट भरतपुरतर्फ आउँदै गरेको माइक्रकोलाई ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

घाइतेहरुको भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज र  चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

मृतक तथा घाइतेहरु अधिकांश इभी गाडीमा सवार रहेको प्रहरीले जनाएको छ ।

तीव्र गति र सम्भावित ब्रेक फेलका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

घटनाबारे विस्तृत अनुसन्धान भइरहेको चितवन प्रहरी प्रमुख गोविन्द पुरीले जनाएका छन् ।

शनिबार बिहान भएको यो दुर्घटनापछि स्थानीयवासी, प्रहरी र उद्धार टोलीको सहयोगमा घाइतेहरुलाई भरतपुरस्थित विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको हो ।

दुर्घटनापछि केही समय सडक अवरुद्ध भए पनि अहिले आवागमन सञ्चालनमा आएको छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page