२३ जेष्ठ २०८३,शनिबार

आरोपी पक्राउ : चन्द्रागिरिमा झगडा हुँदा एक जनामाथि चक्कु प्रहार,

  • ८ असार २०८२,आईतवार Updated
  • / 275 Read

आरोपी पक्राउ : चन्द्रागिरिमा झगडा हुँदा एक जनामाथि चक्कु प्रहार,

काठमाडौँ असार ८ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–४ स्थित गोदामचौरमा आपसी विवाद हुँदा एकजनाले चक्कु प्रहार गरेका छन् । चक्कु प्रहारबाट ४६ वर्षीय सुकबहादुर लामा घाइते भएका छन् ।

घाइतेलाई उपचारको लागि ललितपुर स्थित बीएण्डबी अस्पतालमा भर्ना गरिएको छ । घटनाबारे प्रहरी वृत्त थानकाले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।

चक्कु प्रहारमा संलग्न २५ वर्षीय महेश्वर लामालाई प्रहरीले पक्राउ गरेको छ । युवकले मदिरा सेवन गरेर आपसी विवाद हुँदा चक्कु प्रहार गरेका हुन् ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page