११ श्रावण २०८३,सोमबार

धनगढी : एक युवतीको मृत फेला

  • ९ असार २०८२,सोमबार Updated
  • / 297 Read

धनगढी : एक युवतीको मृत फेला

‎‎कैलाली असार ९ । धनगढी उपमहानगरपालिका–२ स्थित बैयाबेहडीमा एक युवती मृत अवस्थामा फेला परेकी छन्। प्रहरीका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरबस्तीकी ३० वर्षीया रेणु चौधरी सोमबार बिहान आफ्नै कोठामा मृत भेटिएकी हुन्।

घटनास्थललाई सिल गरी आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको कारण खुल्न बाँकी रहेको बताउँदै थप अनुसन्धान भइरहेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले उनी धनगढीमा कोठा भाडामा लिएर बस्दै आएकी जानकारी दिए। उनका अनुसार मृत भेटिएको कोठाको ढोका बाहिरबाट ताल्चा लागेको अवस्थामा फेला परेको थियो। 

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page