चालक पक्राउ : भारतबाट ई-रिक्सामा लागु औषध ल्याउँदै गरेका
- ११ असार २०८२,बुधबार Updated
- / 299 Read
रौतहट असार ११ । सीमावर्ती भारतीय बजारबाट लागु औषध खरिद गरी ई-रिक्सामा लुकाएर नेपाल ल्याउँदै गरेका चालकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ।
उक्त नम्बरको ई–रिक्सा चलाएर आएका बिकको साथबाट फेनारगन ११० पिस, डाइजापाम ४७ पिस, बुप्रेनर्फिन ११० पिस र कोरेक्स ६३ पिस लागु औषध बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता तथा डिएसपी दीपक कुमार रायले बुधवार बिहान जानकारी दिए ।
बिकलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा राखी थप अनुसन्धान जारी रहेको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले गौर नगरपालिका–३ स्थित बी.पी. चौकमा शङ्का लागि जाँच गर्दा लागु औषध लुकाएर ल्याउँदै गरेको अवस्थामा ना १ ह ७८९३ नम्बरको ई–रिक्सा चालक चन्द्रपुर नगरपालिका–४ निवासी २७ वर्षीय अजय बिकलाई नियन्त्रणमा लिएको हो।
पक्राउ गरिएको स्थान बी.पी. चौक जिल्ला प्रहरी कार्यालयबाट करिब १ किलोमिटर पश्चिम उत्तरतर्फ पर्छ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR