Flash News ::
२ जना घाइते : चितवनमा ग्यास बुलेट र ट्रक ठोक्किँदा
Posted By -Rakesh Kumar Raut
- १३ असार २०८२,शुक्रबार Updated
- / 323 Read
चितवन असार १३ । घाइते हुनेमा ट्रकका सहचालक राप्ती नगरपालिका–२ का २४ वर्षीय प्रविन प्रजा र ग्यास बुलेट चालक भारत बिहारका ४५ वर्षीय जगदेव यादव छन् ।
दुर्घटनामा घाइते ट्रकका सहचालक प्रजाको चितवन मेडिकल कलेजमा र ग्यास बुलेट चालक यादवको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालका अनुसार भरतपुरतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको एनएल–०१ एन ०१३३ नम्बरको ग्यास बुलेट र विपरीत दिशामा रहेको बागमती प्रदेश ०३–००१ ख ३४१९ नम्बरको ट्रक एकापसमा ठोक्एिका हुन् ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR