Flash News ::
दुई जना घाइते : ग्यास बुलेट र ट्रक ठोक्किँदा
Posted By -Rakesh Kumar Raut
- १३ असार २०८२,शुक्रबार Updated
- / 303 Read
चितवन असार १३ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत टिकौली जङ्गलमा ग्यास बुलेट र ट्रक एकापसमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयलयका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालका अनुसार भरतपुरतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट एनएल–०१ एन ०१३३ नम्बरको ग्यास बुलेट र विपरित दिशावाट जाँदै गरेको बाप्र ०३–००१ ख ३४१९ नम्बरको ट्रक एकापसमा कोक्कीएका हुन् ।
घाइते हुनेमा ट्रकका सहचालक राप्ती नगरपालिका–२ का २४ वर्षीय प्रविन प्रजा र ग्यास बुलेट चालक भारतको बिहारका ४५ वर्षीय जगदेव यादज रहेका छन् ।
सहचालक प्रजाको चितवन मेडीकल कलेज र यादवको पुरानो मेडीकल कलेजमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR