२३ जेष्ठ २०८३,शनिबार

एक व्यक्ति नियन्त्रणमा : ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित

  • १५ असार २०८२,आईतवार Updated
  • / 208 Read

एक व्यक्ति नियन्त्रणमा : ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित

काठमाडौँ असार १५ । सुनसरीको कोशी गाउँपालिका–१ लौकहीबाट शनिबार सशस्त्र प्रहरीले ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

बीआर ५० एए ८३६७ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका उनलाई गस्तीमा रहेको सुरक्षा फौजले शङ्का लागि जाँच गर्दा उनको साथमा प्लास्टिकले बरेर राखिएको ६।६ ग्राम ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ फेला परेको थियो ।

भारत घर बताउने ३५ वर्षीय गणेश शर्मालाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लौकहीले सो ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएका शर्मालाई बरामद लागूऔषतसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाईएको छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page