एक जनाको मृत्यु, एक जना घाइते महोत्तरीमा टिपरको ठक्करबाट
- १६ असार २०८२,सोमबार Updated
- / 334 Read
जनकपुरधाम असार १६ । मृत्यु हुनेमा लोहारपट्टी नगरपालिका-१ बगराका १७ वर्षीय नीतिश भगत रहेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी शैलेन्द्र भट्टले जानकारी दिए । उनी मोटरसाइकल चालक हुन् ।
डीएसपी भट्टका अनुसार आइतबार साँझ साढे ७ बजे तिरको समयमा बर्दिबास जलेश्वर सडक खण्डमा बर्दिबासबाट जलेश्वरतर्फ गइरहेको प्रदेश २–०३–००१ क १३९१ नम्बरको टिपरले सोही दिसामा गइरहेको ज ११ प ६३७३ नम्बरको मोटरसाइकललाई टिम्कीया भन्ने ठाउँमा ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते मोटरसाइकल चालक नीतिशको उपचारको क्रममा बर्दिबास अस्पतालमा मृत्यु भएको डिएसपी भट्टले बताए ।
यस्तै मोटरसाइकलमा पछाडि सवार जनकपुरधाम उपमहानगरपालिका ४ विश्वकर्माचोकका ३२ वर्षीय रुपेश भगत गम्भीर घाइते भएको उनले बताए ।
पछाडि सबार गम्भीर घाइते रुपेशको जनकपुरधामस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । घटना लगतै टिपर चालक सिन्धुलीको कमलामाई नगरपालिका ४६ वर्षीय सन्तलाल माझीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR