Flash News ::
पूर्वपश्चिम : विनयी खोलामा सञ्चालनमा आयो नयाँ पुल
Posted By -Rakesh Kumar Raut
- १९ असार २०८२,बिहीबार Updated
- / 298 Read
काठमाडौं असार १९ । पुल नहुँदा सडक अवरुद्ध भइरहने विनयी खोलामा आजदेखि नयाँ पुल सञ्चालनमा आएको नागढुंगा–मुग्लिन सडकको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।
पुल भत्किएको ठाउँमा डाइभर्सन बनाइएको भए पनि बाढीले बगाउने गरेकोले आवतजावतमा समस्या पर्ने गरेको थियो ।
योसँगै पूर्वपश्चिम राजमार्गमा यातायात सञ्चालनमा केही सहजता भएको छ । यसअघि पुल नहुँदा यात्रुहरूले सास्ती व्यहोर्नु परिरहेको थियो ।
डाइभर्सन बिग्रिएपछि स्थानीय प्रशासनले सवारी साधन सञ्चालनमा रोक लगाउने गरेको थियो ।
Tags :
Awesome
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR