केन्यामा हिंसात्मक प्रदर्शनमा ११ जनाको मृत्यु, ५६७ जना पक्राउ
- २४ असार २०८२,मंगलवार Updated
- / 238 Read
नैरोबी असार २४ । केन्याको राजधानी नैरोबीमा सोमबार भएको हिंसात्मक प्रदर्शनका क्रममा गोली लागेर कम्तीमा ११ जनाको मृत्यु भएको छ । प्रहरीले ५६७ प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।
दुई जनाको शव अस्पताल ल्याइएको र दुवैको गोली लागेर मृत्यु भएको ईगल नर्सिङ होमका डा. आरोन सिकुकुले बताएका छन् । यसपछि, सयौँ प्रदर्शनकारीहरू अस्पताल बाहिर भेला भए र शव हस्तान्तरणको माग गर्न थाले ।
यी प्रदर्शनहरू १९९० को जुलाई ७ को ऐतिहासिक साबा–साबा (सात–सात) आन्दोलनको ३५ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको थियो । प्रदर्शनकारीहरूले सरकारसित लोकतन्त्र र आर्थिक सुधारतर्फ ठोस कदम चाल्न माग गरेका थिए ।
स्थिति नियन्त्रण गर्न पुगेको प्रहरीले प्रदर्शनकारीहरूमाथि गोली चलाउँदा क्षेत्रमा अराजकता फैलियो । उक्साउने काम भएको भएपनि अधिकारीहरूले संयम र व्यावसायिकता कायम राखेको सोमबार साँझ एक विज्ञप्तिमा प्रहरीले भनेको छ ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR