नुहाउँदा एक बेपत्ता : त्रियुगा नदीको शिवाइ–बेल्हा जोड्ने भाँचिएको पुलमा,
- २४ असार २०८२,मंगलवार Updated
- / 231 Read
उदयपुर असार २४ । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ स्थित त्रियुगा नदीको शिवाई–बेल्हा जोड्ने भाँचिएको पुल मुनि नुहाउँदा एक युवा डुबेर बेपत्ता भएका छन् ।
उनका अनुसार बेपत्ता भएका राईसँगै स्थानीय सुरेश माझी र प्रताप राई पनि सोही स्थानमा नुहाउन गएका गएका थिए । तर, उनी मात्र बेपत्ता भएको खबर आएपछि स्थानीय प्रहरी र स्थानीय सर्वसाधारणले खोजी गरेका थिए ।
इलाका प्रहरी कार्यालय बेल्टारका प्रमुख इन्स्पेक्टर बबिन राईका अनुसार भाँचिएको पुलमुनि नुहाउने क्रममा चौदण्डीगढी नगरपालिका–६ कालीखोलाका ३० वर्षीय छोरा सुरज राई हिजो सोमबार साँझ बेपत्ता भएका हुन् ।
इन्स्पेक्टर राईले भने, ‘भाँचिएको पुलको स्ल्याब मुनि भुमरी परेर ठुलो खाल्डो जस्तो देखिन्छ । त्यही डुबेर बेपत्ता भएको हुन सक्छन् । हामीले खोजी गर्दा भेटेका छैनौँ । अहिले शस्त्र प्रहरीको गोताखोर टोली बोलाएका छौँ ।’
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR