११ श्रावण २०८३,सोमबार

राज्यले गरेको अन्यायविरुद्ध आवाज उठाएँ : रविको पक्षमा हस्ताक्षरपछि मनिषा

  • २६ असार २०८२,बिहीबार Updated
  • / 260 Read

राज्यले गरेको अन्यायविरुद्ध आवाज उठाएँ : रविको पक्षमा हस्ताक्षरपछि मनिषा

काठमाडौँ असार २६ । सरकारले प्रतिशोध राखेको भन्दै रास्वपाले सुरु गरेको हस्ताक्षर संकलन अभियानमा कोइराला सहभागी भएकी हुन् ।

‘म कुनै पनि पार्टीमा आबद्ध छैन । एउटा आम नागरिकको नाताले राज्यबाट अन्याय र दुर्व्यवहार भइरहेको छ त्यसकोविरुद्ध आवाज उठाउन आएकी हुँ’, उनले भनिन् ।

अभिनेत्री मनिषा कोइरालाले पूर्वउपप्रधानमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेकी छन् ।

हस्ताक्षर गरेपछि प्रतिक्रिया दिंदै कोइरालाले राज्यबाट भइरहेको अन्याय र दुर्व्यवहारविरुद्ध आवाज उठाएको बताइन् ।

उनले अघि भनिन्, ‘जसले पनि समाचार हेरिरहेको छ, जसले पनि बुझिरहेको छ, पक्कै पनि रविमाथि दुर्व्यवहार भइरहेको छ ।’

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page