११ श्रावण २०८३,सोमबार

पुरुषको शव : त्रिशूली नदी किनारामा भेटियो

  • २६ असार २०८२,बिहीबार Updated
  • / 248 Read

पुरुषको शव : त्रिशूली नदी किनारामा भेटियो

काठमाडौँ असार २६ । चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलास्थित त्रिशूली नदी किनारामा एक पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार करिब ४५/५० वर्षको देखिने एक पुरुषको शव बिहीबार फेला परेको हो ।

पहिचान खुल्न नसकेको पुरुषको शवलाई भरतपुर जिल्ला अस्पतालतर्फ पठाएइको छ ।

केही अंग नभएको पुरुषको शव रहेको भन्ने खबर स्थानीयले गरेपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो ।

नदी किनारामा फेला परेको शव २४ असारमा रसुवामा आएको बाढीमा परी बेपत्ता भएका व्यक्तिको हुन सक्ने आशंका गरिएको छ ।

Tags :

Share News


For Add Product Review. You Need To Login First Login Page