दुरुत्साहनको उजुरी : प्रेस चौतारी रुकुम पश्चिमका अध्यक्ष खत्रीविरुद्ध आत्महत्या
- ३० असार २०८२,सोमबार Updated
- / 268 Read
काठमाडौं असार ३० । प्रेस चौतारी रुकुम पश्चिमका अध्यक्ष परिचन्द्र खत्री घटनामा मुछिएका हुन् । खत्रीमाथि आत्महत्या दुरुत्साहनको किटानी जाहेरी परेको छ । शनिबार साँझ जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वमा आत्महत्या दुरुत्साहनको किटानी जाहेरी परेको हो ।
शाहीको परिवारले पत्रकार खत्रीविरुद्ध आत्महत्या दुरुत्साहनको किटानी जाहेरी दिएको हो । खत्रीले शाहीलाई फोन गरेर पटक-पटक तनाव दिने गरेको परिवारका सदस्यको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक उमा शंकर प्रसाद यादवले घटनाको अनुसन्धान भइरहेको र जाहेरी परेका व्यक्तिको खोजी कार्य चलिरहेको बताएका छन् ।
रुकुम पूर्व सिस्ने गाउँपालिका-६ खोपिचार घर भएकी २५ वर्षीया कोइली शाही शनिबार बिहान कोठामा मृत फेला परेकी थिइन् ।
मृतकको अन्त्येष्टि गरिसकिएको छ तर पोष्टमार्टम रिपोर्ट भने आएको छैन । रिपोर्ट आउन अझै केही दिन लाग्ने डीएसपी यादवले बताए ।
जाहेरी परेपछि पत्रकार खत्री भने फरार भएका छन् । उनी कसैको सम्पर्कमा आएका छैनन् ।
Share News
For Add Product Review. You Need To Login First Login Page

-
LATEST
-
POPULAR